बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प, सुदूर पहाडमा धक्का महसुस
बैतडी : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ। आइतबार दिउँसो १ बजेर ६ मिनेटमा भएर भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्प विज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो। बैतडीसहित सुदूर पहाडमा भूकम्पको धक्का महसुस गरिएको थियो।
कात्तिक ८, २०८३ आइतबार १४:४०:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।