यू-१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशमा हुने

यू-१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशमा हुने

काठमाडौं : यू–१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशमा आगामी आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने भएको छ। नेपालको समूह चरणमा सबै खेल घरेलु मैदानमा तय भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार १६ टोली सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। 

समूह ‘ए’ मा नेपाल,भारत, आयरल्यान्ड र वेस्ट इन्डिज छन्। समूह ‘बी’ मा दक्षिण अफ्रिका, न्यूजिल्यान्ड र समोआ छन्। समूह ‘सी’मा अस्ट्रेलिया, बंगलादेश, नाइजेरिया र युएई छन्। समूह ‘डी’मा इंग्ल्यान्ड, श्रीलङ्का, अमेरिका र स्कटल्यान्ड छन्।

नेपालमा १५ खेल हुनेछन्। नेपालको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने तालिका छ। त्यसबाहेक २६ खेल बंगलादेशमा हुनेछ।

नेपालले पहिलो खेल जनवरी २२ मा आयरल्यान्ड, जनवरी २४ मा भारत र जनवरी २६ मा वेस्ट इन्डिजसँग खेल्नेछ। तीनवटै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ।

समूह चरणका खेलपछि सुपर सिक्स चरणमा प्रतिस्पर्धा हुनेछ। प्रत्येक समूहबाट ३–३ टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।

कात्तिक ४, २०८३ बुधबार १४:४६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।