डिआरएस भित्रिएसँगै एनपीएलको खेल समय परिवर्तन

डिआरएस भित्रिएसँगै एनपीएलको खेल समय परिवर्तन

काठमाडौं : नेपाल प्रिमियर लिगमा डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रविधिको प्रयोग भित्रिएसँगै खेल समय परिवर्तन गरिएको छ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कात्तिक ९ बाट तेस्रो संस्करणको एनपिएल आयोजना हुँदैछ।

नेपाल क्रिकेट संघले मंगलबार खेल तालिका संशोधन गर्दै नयाँ तालिका सार्वजनिक गरेको हो। नयाँ तालिकामा दैनिक दुई खेलहरू हुने दिनमा पहिलो खेल दिनको १२:३० बजेबाट सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ बजेका लागि निर्धारण गरिएको छ। दैनिक एक मात्र खेल हुने दिनमा खेल साँझ ५ बजेबाट सुरु हुनेछ। 

यसअघि पनि पहिलो खेल १२:३० मा राखिएको थियो भने दोस्रो खेल ४:३० मा राखिएको थियो। कात्तिक ९ को उद्घाटन खेल साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच हुँदैछ।

कात्तिक ३, २०८३ मंगलबार १९:१६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।