बहत्तर हजार ट्रामाडोल क्याप्सुलसहित फर्पिङबाट दुई युवक पक्राउ

बहत्तर हजार ट्रामाडोल क्याप्सुलसहित फर्पिङबाट दुई युवक पक्राउ

काठमाडौं : काठमाडौंको दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कबाट चिकित्सकको सिफारिस बिना बिक्री-वितरण गर्न नपाइने ठूलो परिमाणको नियन्त्रित औषधिसहित दुई जना युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको कारलाई जाँच गर्ने क्रममा ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुल बरामद गरिएको हो।

पक्राउ पर्नेहरूमा बाराको कलैया उपमहानगरपालिका–२३ का २७ वर्षीय सुदिप पटेल र वीरगञ्ज महानगरपालिका–१७ का २७ वर्षीय सुनिल सहनी रहेका छन्। प्रहरीले उनीहरूमाथि आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

कात्तिक २, २०८३ सोमबार १४:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।