महिलामाथि गोली प्रहार गरेर फरार अभियुक्त नवलपरासीबाट पक्राउ

महिलामाथि गोली प्रहार गरेर फरार अभियुक्त नवलपरासीबाट पक्राउ

काठमाडौं : बुटवलमा एक महिलामाथि गोली प्रहार गरेर फरार भएको आरोपमा एक भारतीय नागरिक नवलपरासीबाट पक्राउ परेका छन्।

गोली प्रहारपछि उनी फरार भएका २६ वर्षीय भारतीय नागरिक सितारे आलम अन्सारीलाई प्रहरीले पाल्हीनन्दन गाउँपालिका-३ विलासपुरबाट आइतबार पक्राउ गरेको हो।

बुटवलको बुद्धनगरमा नास्ता पसल सञ्चालन गर्दै आएकी पाल्पाकी २९ वर्षीया बिपना भनिने टिका विष्ट क्षेत्रीमाथि गत वैशाख ६ गते अन्सारीले गोली प्रहार गरेका थिए। गोली प्रहारपछि उनी फरार भएका थिए।

घटनापछि भारत पुगेर लुकिछिपी बस्दै आएका अन्सारी पुनः नेपाल प्रवेश गरेको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा आइतबार दिउँसो करिब ३ बजे विलासपुर क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सितारेको साथबाट यूपी ५६ एएच ०५१६ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गरिएको छ। उनीमाथि थप कानुनी कारबाहीका लागि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक २, २०८३ सोमबार १२:१४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।