देशभर मौसम सफा रहने, हिमाली र पहाडी क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान

देशभर मौसम सफा रहने, हिमाली र पहाडी क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण देशको हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको मौसमसम्बन्धी नियमित बुलेटिनअनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भेगमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा देशभरका तराई क्षेत्रमा भने दिउँसो मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यसैगरी, रातिको समयमा देशका हिमाली भू-भागमा आंशिक बदली रही कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहने भए पनि तराईंका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ। 

कात्तिक २, २०८३ सोमबार ०७:३५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।