गोकर्णेश्वरमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु

गोकर्णेश्वरमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ आरुबारीस्थित राम मन्दिर नजिकै मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ। 

आइतबार राति बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने भारतका १६ वर्षीय महमद जसिमको मृत्यु भएको छ। 

दुर्घटना लगत्तै उनलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले बाटोमै उनको मृत्यु भइसकेको पुष्टि गरेका थिए।

दुर्घटनामा मोटरसाइकल चालक रौतहटका १८ वर्षीय मोहन ठाकुर घाइते भएका छन्। नेपाल मेडिकल कलेज अत्तरखेलमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि सोमबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

कात्तिक २, २०८३ सोमबार १०:२९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।