एनपीएलका ७ टोलीको लोगो अङ्कित ‘एक्ट्रीम’ को स्पेसल एडिसन क्यान बजारमा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ‘एक्ट्रीम इनर्जी ड्रिङ्क’ ले सातवटा फ्रेन्चाइज टोलीको लोगो अङ्कित ‘स्पेसल एडिसन क्यान’ सार्वजनिक गरेको छ।
क्रिकेट समर्थकहरूलाई आफ्नो मनपर्ने टोलीप्रति समर्थन र ऊर्जा थप्न नयाँ शैली प्रदान गर्ने उद्देश्यले कम्पनीले यी विशेष क्यानहरू बजारमा ल्याएको हो।
एनपीएल सिजन–३ का लागि एक्ट्रीमले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ भने पोखरा एभेन्जर्सको जर्सीको छातीमा लोगो रहने गरी सहकार्य गरेको छ।
मैदानभित्रको क्रिकेट उत्साहलाई दर्शकदीर्घा तथा बजारसम्म विस्तार गर्ने लक्ष्यका साथ ल्याइएका यी क्यानहरू उपभोक्ताले नजिकैको पसल तथा बिक्री केन्द्रहरूबाट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
कात्तिक १, २०८३ आइतबार २२:१६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।