सिप्रदीद्वारा एक्साइड ब्याट्रीमा ‘महा-एक्सचेन्ज धमाका’ अफर सार्वजनिक

सिप्रदीद्वारा एक्साइड ब्याट्रीमा ‘महा-एक्सचेन्ज धमाका’ अफर सार्वजनिक

काठमाडौं : नेपालका लागि एक्साइड ब्याट्रीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले दशैं-तिहारलाई लक्षित गर्दै ‘महा-एक्सचेन्ज धमाका’ अफर ल्याएको छ।

सन् २०२६ अक्टोबर १ देखि नोभेम्बर ३० सम्म लागू हुने यस योजनाअन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका पुराना ब्याट्रीसँग नयाँ एक्साइड ब्याट्री साट्दा वा नयाँ खरिद गर्दा ५० प्रतिशतसम्म विशेष छुट पाउनेछन्।

यसका साथै, योजना अवधिभर हरेक महिना ‘लक्की ड्र’मार्फत १५ जना ग्राहकलाई ५० प्रतिशतसम्म क्यासब्याक र एक पटकका लागि निःशुल्क ब्याट्री चेक-अप तथा सर्भिसिङ सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

यो सुविधा पाउन ग्राहकले देशभर रहेका सिप्रदीका आधिकारिक बिक्री केन्द्र वा डिलरहरूबाट ब्याट्री खरिद/एक्सचेन्ज गरी ‘सिप्रदी स्टार एप’मार्फत डिजिटल (पेपरलेस) वारेन्टी दर्ता गर्नुपर्नेछ।

असोज ३०, २०८३ शुक्रबार १०:०४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।