वीरगञ्जमा कजारिया टायल्सको नयाँ शोरुम सञ्चालनमा
वीरगञ्ज : कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै पर्साको वीरगञ्जमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
कम्पनीले आधिकारिक विक्रेता ‘अप्सरा सप्लायर्स’मार्फत वीरगञ्जको नगवामा उक्त शोरुम सुरु गरेको हो।
बिहीबार आयोजित एक समारोहबीच कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र ‘मिस नेपाल वर्ल्ड २०२६’ दीपमाला ढकालले संयुक्त रूपमा शोरुमको उद्घाटन गरे।
उक्त शोरुममार्फत वीरगञ्ज तथा आसपासका ग्राहक, घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई कजारियाका प्रिमियम फ्लोर तथा वाल टायलका नवीनतम डिजाइनहरू सहज रूपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
असोज ३०, २०८३ शुक्रबार १०:०९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।