राष्ट्रिय भिटामिन 'ए' र जुकाको औषधि खुवाउने कार्यक्रम सर्‍यो, कात्तिक १७ र १८ गते सञ्चालन हुने

राष्ट्रिय भिटामिन 'ए' र जुकाको औषधि खुवाउने कार्यक्रम सर्‍यो, कात्तिक १७ र १८ गते सञ्चालन हुने

काठमाडौं : दशैँको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।

स्वास्थ्य सेवा विभागका अनुसार नियमित तालिका अनुसार हरेक वर्षको पहिलो चरणमा कात्तिक २ र ३ गते ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन 'ए' र १२ देखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधि खुवाउने गरिएको थियो।

तर, यस वर्ष कात्तिक २ र ३ गते दशैंको बिदा परेकाले पहिलो चरणको कार्यक्रम निर्धारित समयभन्दा पछि सञ्चालन गर्न लागिएको विभागले जनाएको छ।

बालबालिकामा भिटामिन ‘ए’ को कमी हुन नदिन र जुकाको संक्रमणबाट हुने स्वास्थ्य समस्याको जोखिम घटाउन सरकारले नियमित रूपमा राष्ट्रिय भिटामिन 'ए' र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कात्तिक १, २०८३ आइतबार १४:४५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।