ओखलढुङ्गामा करेन्ट लागेर ५४ वर्षीया महिलाको मृत्यु
काठमाडौं : ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिकामा बिजुलीको खम्बाबाट खसेको तारबाट करेन्ट लाग्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा चिशङ्खुगढी गाउँपालिका-१, कुमलटार निवासी ५४ वर्षीया ठगमाया बास्तोला रहेकी छिन्।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) राजबाबु महर्जनका अनुसार घर नजिकै रहेको बिजुलीको खम्बा (पोल) बाट झरेको तारमा प्रवाह भएको करेन्ट लाग्दा बास्तोलाको घटनास्थलमै ज्यान गएको हो।
घटनापछि मृतकको शव परीक्षण (पोस्टमार्टम) का लागि जिल्ला अस्पताल रुम्जाटार लगिएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असोज ३१, २०८३ शनिबार २२:०५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।