खोटाङमा ५२ वर्षीय पुरुषको हत्या गरेको आरोपमा एक युवक पक्राउ
काठमाडौं : खोटाङको हलेसी तुवाचुङ नगरपालिका-८ वाछिममा ढुङ्गा प्रहार गरी ५२ वर्षीय एक पुरुषको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय सन्तोष राई रहेका छन्। सन्तोषले असोज ३० गते राति सोही ठाउँका ५२ वर्षीय 'हर्के' भन्ने हर्कबहादुर राईलाई ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राईको टाउकोलगायत भागमा चोट लागेको थियो। सन्तोषलाई शुक्रबार राति नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।
सन्तोषविरुद्ध ज्यान सम्बन्धी कसुर मुद्दामा हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको बस्नेतले बताए।
कात्तिक १, २०८३ आइतबार ०९:१६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।