लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ
काठमाडौं : प्रहरीले लगानी बोर्डका पूर्वसीईओ सुशील भट्टलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई शनिवार ललितपुरबाट पक्राउ गरेको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको स्रोतको दाबी छ।
सुशील दीपक भट्टका दाइ हुन्। प्रहरीले अहिले इनम सापकोटासहितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सोही शृङ्खलामा सुशील पक्राउ परेको बुझिएको छ।
असोज ३१, २०८३ शनिबार २३:३२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।