काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन चार दिन काम रोकिने
काठमाडौं : दशैंका कारण आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।
दशैंका मुख्य दिनहरूमा सफाइ कर्मचारी बिदामा रहने भएकाले उपत्यकाको अन्तिम फोहोर विसर्जनस्थल बञ्चरेडाँडामा फोहोर ढुवानी तथा व्यवस्थापनको काम रोकिने काठमाडौं महानगरपालिकाले जनाएको छ।
फोहोर व्यवस्थापन प्रभावित हुने भएपछि महानगरपालिकाले सो अवधिमा घर, कार्यालय तथा व्यावसायिक प्रतिष्ठानबाट निस्कने फोहोर सडक तथा सार्वजनिक स्थलमा नफाल्न आग्रह गरेको छ।
महानगरको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले चार दिनसम्म उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गरेर आफ्नै घरपरिसरमै सुरक्षित राख्न उपत्यकावासीलाई अनुरोध गरेकी छन्।
कात्तिक ४ गतेपछि भने फोहोर संकलन तथा व्यवस्थापन कार्य पूर्ववत् नियमित रूपमा सञ्चालन हुने महानगरले स्पष्ट पारेको छ।
असोज ३०, २०८३ शुक्रबार ०८:१४:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।