टुँडिखेलको फूलपाती बढाइँमा राष्ट्रपति र प्रधानमन्त्री

टुँडिखेलको फूलपाती बढाइँमा राष्ट्रपति र प्रधानमन्त्री
तस्बिर : नेपाल न्युज बैैक

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेल र प्रधानमन्त्री वालेन्द्र शाह बडादशैँको फूलपातीका अवसरमा शनिवार काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोह २०८३ मा सहभागी भए।

नेपाली सेनाद्वारा आयोजित समारोहमा राष्ट्रपति पौडेललाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो। राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपतिसमेत हुन्।

समारोहका क्रममा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो। नेपाली सेनाले विभिन्न सैनिक परेड तथा राइफलबाट बढाइँका साथै तोपबाट समेत बढाइँ प्रस्तुत गरेको थियो।

असोज ३१, २०८३ शनिबार २०:१८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।