नयाँ नेतृत्व छान्न कांग्रेस प्रतिनिधिको उत्साह (फोटो फिचर)

नयाँ नेतृत्व छान्न कांग्रेस प्रतिनिधिको उत्साह (फोटो फिचर)

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ।

बिहीबारका लागि तय भएको मतदान प्राविधिक कारणले एक दिन ढिला गरी आज सुरु भएको हो।

बिहान ७ बजेका लागि तय भए पनि मतदान करिब एक घण्टा ढिलो गरी सुरु भएको थियो। केन्द्रीय सभापतिका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्गी भिड्दैछन्।

नयाँ नेतृत्व चयनका लागि देश तथा विदेशस्थित जनसम्पर्क समितिबाट आएका ७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधिहरू मतदानमा सहभागी छन्।

दिउँसो १२ बजेसम्म २ हजार ६४४ जनाले मत खसालिसकेका छन्।

महाधिवेशनले सभापतिसहित २९७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ। यसपटक एक जना प्रतिनिधिले २३ वटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था मिलाइएको छ।

मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा केन्द्रहरू तोकिएका छन्।

असोज २३, २०८३ शुक्रबार १३:५७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।