रङ्गीबिरङ्गी बत्तीको उज्यालोमा झकिझकाउ बुटवल (तस्बिरहरू)
बुटवल : यमपञ्चकको दोस्रो दिन आज घर-घरमा धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी दीपावली मनाइँदै छ।
लक्ष्मीको स्वागत तथा सुख-शान्ति र समृद्धिको कामनासहित बुटवलवासीले घरआँगन चिटिक्क पारेर दीप बालेका छन्।
साँझ ढलेसँगै बुटवलका मुख्य चोक, सडक, व्यापारिक प्रतिष्ठानदेखि बस्तीहरूसम्म रङ्गीबिरङ्गी विद्युतीय बत्तीले झकिझकाउ बनेका छन्।

घरका छत, झ्याल-ढोका र बजारमा सजिएका झिलिमिली बत्तीले सिङ्गो सहरलाई नै उल्लासमय बनाएको छ।
दीपावलीको रौनक र मानिसहरूको चहलपहलले बुटवल सहरमा छुट्टै उत्साह र चमक थपेको छ।

साँझ पर्दै जाँदा रङ्गीबिरङ्गी विद्युतीय बत्तीको प्रकाशले सजिएको दृश्य मनमोहक देखिएको छ।
तिहारका अवसरमा झिलिमिली बत्ती र फूलका मालाले सजाइएका मुख्य सडक किनारका पसल तथा कर्पोरेट भवनहरू समेत सजाइएका छन्।

बत्तीको आकर्षक प्रकाशसँगै साँझपख सडक र मुख्य चोकहरूमा देखिएको सर्वसाधारणको चहलपहल छ।





कात्तिक २२, २०८३ आइतबार २१:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।