मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ

मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलङ्गवा नगरपालिकाका इन्जिनियर डिकेशकुमार यादव र सुपरभाइजर कौशलकुमार मधुकरलाई एक लाख घुससहित नियन्त्रणमा लिइएको छ।

निजहरूले निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरणमा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा आयोगको बर्दिबास कार्यालयबाट खटिइएको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।

अख्तियारको टोलीले उनीहरूको साथबाट स्रोत नखुलेको ३३ हजार ७०५ समेत नियन्त्रणमा लिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। 

असोज २१, २०८३ बुधबार २१:३५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।