विश्वकप लिग-२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग-२ एकदिवसीय श्रृंखला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ।
यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत पदाधिकारीले नेपाली टोलीको बिदाइ गरेका हुन्।
बिदाइ समारोहमा क्यानका अध्यक्ष चन्दले खेलाडी उच्च लयमा रहेकाले श्रृंखलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले नेपाली टोलीलाई बधाई तथा शुभकामनासमेत दिए।
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानडाको सामना गर्नेछ।
उक्त श्रृंखला नेपालले श्रृंखलाअन्तर्गत नेपालले यही असोज २५ गते क्यानडासँग, असोज २७ गते ओमानसँग, असोज ३१ गते क्यानडासँग तथा आगामी कात्तिक २ गते ओमानसँग खेल खेल्नेछ।
एकदिवसीय मान्यता जोगाउन नेपालका लागि उक्त श्रृंखला महत्वपूर्ण छ।
असोज १८, २०८३ आइतबार २१:३३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।