अर्जुन दोगंको रिपोर्ट किन लुकायो प्रहरीले ?

काठमाडौंको व्यस्त शहर, त्रिपुरेश्वर चोक। ठ्याक्कै राहदानी विभाग अगाडि ट्राफिक प्रहरीसँगको सामान्य भनभन। त्यसको केही मिनेटमै सार्वजनिक बसभित्र भएको भयानक आगलागी। यो घटनाले सिंगो देशलाई स्तब्ध बनायो।

तर, घटना घटेको ११ दिन भइसक्दा पनि न मृतकको पहिचान सहज रूपमा खुल्न सक्यो, न त परिवारले शव बुझ्न पाएका छन्। जसलाई प्रहरीले सुरुमा चालक ‘दावा लामा’ भनेर दाबी गर्यो, अनुसन्धान गर्दै जाँदा उनी अर्जुन दोङ तामाङ निस्किए!

उनको लाइसेन्स शंकास्पद देखिन्छ। यी सबै घटनाक्रमबारे खुलाउन प्रहरीले पाँच दिन समय दिएर छानबिन समिति पनि गठन गरेको थियो। तर घटनाको ११ दिन बित्दा पनि न प्रहरीले छानबिनको प्रतिवेदन सार्वजनिक गरेको छ न त घटनाबारे नै थप केही तथ्य खुलाएको छ।

-अर्जुन दोङले आफैँ मृत्यु रोज्नुको कारण कतै ट्राफिक प्रहरीको व्यवहार पनि मुख्य कारण त हैन?

-प्रहरीले किन गोप्य राखिरहेको छ छानबिन ?

-अनि ११ दिनसम्म पनि परिवारले किन शव पाएनन्?

असोज १६, २०८३ शुक्रबार २२:११:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।