सुध्रिएका हुन् त पारस खड्का !
राष्ट्रिय टिमको खेलाडीबाट क्याप्टेन हुँदासम्म पारस खड्का यदाकदा विवादमा तानिए। तर त्यो विवादले उनको छविमा दाग लगाएन। तर जब खेलबाट सन्यास लिएर क्रिकेटको राजनीतिमा प्रवेश गरे त्यसपछिका उनका गतिविधि भने निकै शंकास्पद देखिए।
मुख्य रूपमा नेपाल प्रिमियर लिगको नेतृत्व लिएपछिका उनका अधिकांश गतिविधि आर्थिक पक्षसँग जोडिएर विवादमा तानिए। नेपाल प्रिमियर लिगको पहिलो शृङ्खलाका अधिकांश आर्थिक गतिविधि शंकास्पद देखियो। टिसिएमदेखि विज्ञापनसम्मका गतिविधि हुन् या खेलमा अनलाइन जुवा भित्र्याउन होस्, उनी निकै सक्रिय रहे। आर्थिक पारदर्शिता शून्य बराबर।
दोस्रो सिजनमा आउँदा केही पक्षमा सुधार त देखियो तर उनले आफ्नो स्वेच्छाचारिताले कायमै राखे। अपारदर्शी र शंकास्पद आर्थिक गतिविधिका कारण क्यानबाट सहजै लेखा परीक्षण प्रतिवेदन समेत पास हुन सकेन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि खेल मन्त्रालयले समेत छानबिन गरेर उनको गतिविधिमाथि गम्भीर प्रश्न उठाए।
एनपिएल तेस्रो शृङ्खलाको तयारीसम्म पुग्दा केही पक्षमा सुधार देखियो। उनको चेत फर्किएको हो या सरकारको निर्देशनको प्रभाव, तेस्रो शृङ्खलाका धेरै हदसम्म आर्थिक गतिविधि पारदर्शी देखिएका छन्। तर अहिले नै उनले क्लिनचिट पाउने अवस्था भने देखिँदैन। नेपाल प्रिमियर लिग तेस्रो शृङ्खलासम्म पुग्दा कुन कुन पक्षमा सुधार देखियो अनि अझैँ कुन कुन पक्ष शंकामै छ? उकेराकर्मी अमृत पुडासैनीको रिपोर्ट ।
असोज १५, २०८३ बिहीबार २२:२६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।