ठमेलको होटल ‘रमदा अन्कोर’मा कुमारी बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

ठमेलको होटल ‘रमदा अन्कोर’मा कुमारी बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

काठमाडौं : कुमारी बैंकका ग्राहकले ठमेलस्थित ‘रमदा अन्कोर बाइ विन्डम’ होटलमा सेवा उपभोग गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा सहुलियत उपलब्ध गराउने उद्देश्यले बैंक र होटल व्यवस्थापनबीच सम्झौता भएको हो।

सम्झौताअनुसार होटल तथा रेस्टुरेन्टको खाना, पेय पदार्थ र स्पा सेवामा १५ देखि २० प्रतिशतसम्म छुट प्राप्त हुनेछ। साथै, होटलका सेवा-सुविधा लिनका लागि किस्ताबन्दी (इएमआई) सुविधासमेत उपलब्ध गराइने छ।

त्यसैगरी, वार्षिक न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्नेलाई जन्मदिनमा निःशुल्क केक प्रदान गरिनेछ भने पारिवारिक जमघट तथा कार्यक्रममा केक र कर्कज शुल्क लाग्ने छैन। रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँ खर्च गर्नेले एक दिन निःशुल्क कोठा पाउने व्यवस्था गरिएको छ। 

बैंकका अनुसार ‘फ्यामली डे आउट प्याकेज’ र ‘फ्यामली स्टे प्याकेज’ मा समेत ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएको छ। विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रवाह गर्दै आएको कुमारी बैंकले देशभर २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ एकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।

असोज १६, २०८३ शुक्रबार २०:३१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।