प्रधानमन्त्री बालेन रिसाउने गरी के गरे चोलेन्द्रले ?

देश बाढी पहिरोको चपेटामा परेको बेलामा शनिबार मध्यरात काठमाडौंको बाँसबारीमा नयाँ खालको पहिरो आयो। त्यो कानुनमाथिको पहिलो थियो। अनि पहिरोको कारण सत्ताको सन्काहापन। पहिरोको केन्द्रमा परे पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा। आफ्नो निवासमा ढुक्कले सुतिरहेका उनलाई मध्यरात १२ बजे एकाएक एक हुल प्रहरीले उठायो। 

कारण देखाइयो सुरक्षा खतरा। उनको सुरक्षाका लागि राज्यले दुई पिएसओ खटाएकै थियो। निवासको सुरक्षामा सशस्त्र प्रहरीको टोली पनि छ। तर सुरक्षा खतराबारे कसैले पनि जानकार पाएनन्। प्रहरीले हामीसँगै जाऊँ भनेपछि अकमक्क परेका राणा र उनको परिवारले केही समय प्रहरीसँग गलफती गरे। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट गएको टोली रित्तै फर्किने मुडमा थिएन। 

मध्यरात राणाले कपडा बदले। अनि एक बजे दुई पिएसओसहित प्रहरीले उनलाई प्रहरी कार्यालयमा पुर्यायो। मध्यरात २ बजे घरबाट उठाइएका राणा आइतबार दिउस २ बजे छोराको रोहबरमा मुक्त भए। अर्थात् उनी १३ घण्टा प्रहरीको नियन्त्रणमा परेर मुक्त भए? पिएसओको सुरक्षासहित घरमा सुरक्षितै सुतेका पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले के आधारमा यसरी मध्यरात घरबाट उठाएर प्रहरी कार्यालयमा ल्यायो? अनि आइतबार उनलाई के आधारमा परिवारको सदस्यको रोहबरमा छाड्यो? प्रहरीले गरेको दाबी गरेको त्यो सुरक्षा थ्रेट राणामाथि हो या सरकारमाथि ?

असोज ११, २०८३ आइतबार २३:४३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।