आर्थिक रूपान्तरणको साझेदार ‘नेपाली डायस्पोरा’
काठमाडौं : परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई देशको आर्थिक रूपान्तरणको महत्त्वपूर्ण साझेदारका रूपमा परिचालन गर्ने सरकारको नीति र प्राथमिकता रहेको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका खनालले आइतबार गैरआवासीय नेपाली (एनआरएन) तथा विभिन्न नेपाली डायस्पोरा संस्थाले न्युयोर्कमा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन्।
उनले डायस्पोरासम्बन्धी सरकारका नीति तथा प्राथमिकताबारे जानकारी दिए। खनालको निजी सचिवालयका अनुसार नेपाली नेपाली डायस्पोराको ज्ञान, सीप, पुँजी, प्रविधि तथा सम्पर्क सञ्जाललाई मातृभूमिको आर्थिक विकास र रूपान्तरणमा उपयोग गर्ने सरकारको नीतिबारे उनले विस्तृत रूपमा जानकारी दिए।
असोज ११, २०८३ आइतबार १२:३७:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।