३५ सदस्यीय टोली लिएर प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली उडे

३५ सदस्यीय टोली लिएर प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली उडे

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह ३५ सदस्यीय जम्बो टोली लिएर दुई दिने राजकीय भ्रमणका लागि आइतबार नयाँ दिल्लीतर्फ उडेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनी आइतबार दिउँसो २:०५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्लीतर्फ उडेका गरेका हुन्।

प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले बिदाइ गरे। भ्रमणका क्रममा शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन्। साथै उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग यही मङ्सिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका छ।

भ्रमणको पहिलो दिन आइतबार नै प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। शाह सोमबार नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम छ। उनी भारतको राजकीय भ्रमण सम्पन्न गरी यही मङ्सिर ७ गते साँझ नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनुहुने तालिका छ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी छन्।

३५ सदस्यीय भ्रमण टोलीमा को-को छन् :

वालेन्द्र शाह - प्रधानमन्त्री
डा. स्वर्णिम वाग्ले - अर्थमन्त्री
शिशिर खनाल - परराष्ट्रमन्त्री
कुमार व्यञ्जनकार - प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
असीम शाह - प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
विवेक मिश्र - प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
गोविन्दबहादुर कार्की - मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
अमृतबहादुर राई - सचिव, परराष्ट्र मन्त्रालय
रुद्रसिंह तामाङ - सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
सुभाष शर्मा - प्रधानमन्त्रीका प्रमुख निजी सचिव
याङ्की उक्याब - प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड नेपाल
जगदीश्वर पाण्डे - परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
प्रदीप परियार - प्रधानमन्त्रीका निजी सचिव
गहेन्द्रराज भण्डारी - सहसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
कुमारराज खरेल - प्रमुख शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
लोकबहादुर पौडेल क्षेत्री - सहसचिव तथा प्रवक्ता, परराष्ट्र मन्त्रालय
अमृत लम्साल - सहसचिव, अर्थ मन्त्रालय
सुभाष ढकाल - सहसचिव, सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालय
सुनिल पौडेल - सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
दीपा दाहाल - प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक
ललिता सिलवाल - उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
विजयराज तण्डुकार - उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
लोचन पौडेल - परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव
दीपकराज निरौला - शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय
मनोज गैरे - शाखा अधिकृत, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
लेफ्टिनेन्ट कर्णेल बलमुकुन्द विष्ट - प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी (एडीसी)
मेजर सुशील बानियाँ - प्रधानमन्त्रीका सुरक्षा अधिकारी
डीएसपी दिपेश बस्याल - प्रधानमन्त्रीका सुरक्षा अधिकारी
विनय शाक्य - प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)
तारा हमाल ढुंगाना - संवाददाता, गोरखापत्र
कमल कुमार बस्नेत - संवाददाता, राष्ट्रिय समाचार समिति (रासस)
अशोककुमार बस्नेत - भिडियोग्राफर, नेपाल टेलिभिजन
प्रेमराज गौतम - उपप्रमुख शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
मेजर रोशन केसी - प्रधानमन्त्रीका सैनिक सहयोगी (एडीसी)
मुकेश डंगोल - क्यान डीजी

मंसिर ६, २०८३ आइतबार १४:२०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।