आइसिसी वरीयता सुधार गर्दै नेपाल १४ औँ स्थानमा

आइसिसी वरीयता सुधार गर्दै नेपाल १४ औँ स्थानमा

काठमाडौं : एसियाली खेलकुदमा टेष्ट टोली अफगानिस्तानविरुद्ध जित निकालेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी-२० वरियतामा सुधार गरेको छ।

शुक्रबार २० औँ एसियाली खेलकुदअन्तर्गत भएको खेलमा नेपालले अफगानिस्तानविरुद्ध पाँच विकेटको जित निकाल्दै आइसिसीले सार्वजनिक गरेको ताजा वरियतामा दुई स्थान सुधार गरेको हो।

नेपाल अब टी-२० अन्तर्राष्ट्रिय वरियताको चौधौं स्थानमा उक्लिएको छ। यसअघि नेपाल वरियताको सोह्रौं स्थानमा थियो। नेपालविरुद्धको हारले अफगानिस्तान नवौंबाट दशौं स्थानमा झरेको हो।

शुक्रबारको खेलमा नेपालले अफगानिस्तानविरुद्ध ब्याटिङ र बलिङ दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्यो। यो जितपछि नेपालको क्वार्टरफाइनल सम्भावना बलियो बनेको छ। नेपालले अब समूह चरणको अन्तिम खेलमा शनिबार आयोजक जापानविरुद्ध खेल्ने तालिका छ।

असोज ९, २०८३ शुक्रबार १७:०५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।