भारी वर्षा र डुबानको जोखिमपछि बुटवलका विद्यालय दुई दिन बन्द
बुटवल : सम्भावित भारी वर्षाका कारण बाढी तथा डुबानको उच्च जोखिम बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ।
नगर प्रमुखस्तरीय निर्णयानुसार आज दिवा सत्रका कक्षाहरू बन्द गरिएका छन् भने भोलि बिहानी र दिवा दुवै सत्रका पठनपाठन पूर्ण रूपमा स्थगित रहने उपमहानगरपालिकाले जनाएको छ।
प्राकृतिक विपद्को सम्भावित जोखिमबाट बालबालिकालाई सुरक्षित राख्न यस्तो निर्णय गरिएको जनाउँदै उपमहानगरले अभिभावकहरूलाई पनि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

बालबालिकालाई खोला, नदी तथा जोखिमयुक्त स्थानमा जान नदिन र मौसमी प्रतिकूलतालाई ध्यानमा राखी सुरक्षित रहन अनुरोध गरिएको छ।
साथै, नगर क्षेत्रका सम्पूर्ण विद्यालयलाई निर्णयको पूर्ण पालना गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको छ।
असोज ८, २०८३ बिहीबार १०:४७:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।