दुई प्रमुख उत्तरी नाका ठप्प हुँदा पनि १ खर्ब २ अर्ब भन्सार राजस्व संकलन
काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को असोज ६ गतेसम्म भन्सार विभागले एक खर्ब दुई अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।
चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार कार्यालय केही समयदेखि सञ्चालनमा नरहेको तथा भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भई बन्द रहँदा समेत सो परिमाणको राजस्व उठेको हो।
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि विभागलाई ६ खर्ब २८ अर्ब रुपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य रहेकोमा असोज ६ गतेसम्म एक खर्ब दुई अर्ब राजस्व संकलन भएको छ। चालु आर्थिक वर्षमा असुल गर्न बाँकी राजस्व पाँच खर्ब २७ अर्ब रहेको छ।
विभागले आगामी दिनमा बाँकी रहेको पाँ खर्ब २७ अर्ब रुपैयाँ राजस्व असुलीलाई मुख्य प्राथमिकतामा राखेर कार्य अगाडि बढाउने जनाएको छ।
असोज ७, २०८३ बुधबार १७:४७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।