समस्याग्रस्त ४ सहकारीका १०५ जना साना बचतकर्ताले पाए रकम
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चार समस्याग्रस्त सहकारीका १०५ जनाको बचत फिर्ता गरेको छ।
समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका दुई, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५ साना बचतकर्ताको रकम फिर्ता गरिएको हो।
समितिले ऋण असुली असुली र सम्पत्ति व्यवस्थापनबाट सङ्कलन भएको रकमबाट बचतकर्ताहरूलाई रकम उपलब्ध गराएको हो।
पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ।
समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।
असोज ७, २०८३ बुधबार १०:५६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।