त्रिपुरेश्वर घटनामा नयाँ ट्विस्ट, गम्भिर घाइते भनिएका दावा लामा भन्छन् 'म त घरमा छु'( भिडियो रिपोर्ट)
त्रिपुरेश्वरमा बस जल्दा घाइते भएका दावा कि अर्जुन लामा?
सोमबार दिउस त्रिपुरेश्वरमा आगलागी भएको बसमा घाइते अवस्थामा भेटिएका चालक को हुन्?
प्रहरीले घाइतेकव साथबाट बरामद भएको लाइसेन्सको आधारमा उनी बागमती-७ ललितपुरका दावा लामा भएको सार्वजनिक गर्यो। तर त्यसको केही समयमै सो लाइसेन्स मेरो हो भन्दै अर्का ब्यक्ती सार्वजनिक भएपछि सोमबारको घटनामा चालकको परिचय नै रहस्यमय देखियो।
घाइतेको साथमा फेला परेको लाइसेन्समा नाम दावा लामा, ठेगाना- बागमती-७ ललितपुर उल्लेख छ भने सो सवारी चालक अनुमती पत्र भक्तपुरबाट निकालिएको देखिन्छ।
त्यसमा बाबुको नाम छ कुन्साङ रुम्बा लामा। लाइसेन्समा सम्पर्क नम्बर समेत छ।
उकेराले लाइसेन्समा भएको नम्बरमा डायल गर्दा उठ्यो।
तपाइँको नाम दावा लामा हो भनेर सोध्दा उताबाट जवाफ आयो “हो।”
अनि सोमबार दिउस गाडी जल्दा घाइते भएका दावा लामा को हुन् त भन्दा उनले सो ब्यक्तीको नाम दावा नभएको र उनको साथमा फेला परेको लाइसेन्स आफ्नो भएको दाबी गरे।
घाइतेको अवस्था गम्भिर छ। तर उनी घाइते हुनुभन्दा अगाडि ट्राफिक प्रहरीसँग झगडा गरिरहेको दृष्य सार्वजनिक भयो। त्यसको आधारमा हामीले दावा दावी गर्नेलाई सोध्यौँ “घाइते भएका चालक को हुन् त?”
उनले भने “अर्जुन हो”
असोज ६, २०८३ मंगलबार ००:०७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।