सिंहदरबारमा सर्वदलीय बैठक सुरु
काठमाडौं : सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको कार्यालयमा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ।
उक्त बैठकमा विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूको उपस्थिति रहेको छ।
रास्वपाका तर्फबाट सभापति रवि लामिछाने र महामन्त्री विपिन आचार्य, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापा, एमालेकी पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन सहभागी छन्। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाही, जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी र जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका नेताहरू पनि बैठकमा उपस्थित छन्।
भदौ ३१, २०८३ बुधबार १२:११:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।