सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।

मंगलबारको तुलनामा यसदिन सुनको मूल्य तोलामा एक हजार सात सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा तीन लाख एक हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन तीन लाख एक सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँ बढेको छ। मंगलबार प्रतितोला चार हजार ६०० रुपैयाँमा किनबेच भएको चाँदी आज चार हजार ६८५ रुपैयाँ कायम भएको छ।

भदौ ३१, २०८३ बुधबार ११:१७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।