मेडिक्वेस्ट डायग्नोस्टिकको ‘ब्रान्ड फेस’मा वर्षा शिवाकोटी नियुक्त
काठमाडौं : अभिनेत्री वर्षा शिवाकोटीले आफ्नो व्यावसायिक यात्रालाई स्वास्थ्य तथा उद्यमशीलताको क्षेत्रमा विस्तार गरेकी छन्।
उनी क्लिनिकल ल्याब सेवा प्रदायक संस्था ‘मेडिक्वेस्ट डायग्नोस्टिक लिमिटेड’सँग ‘ब्रान्ड फेस’का रूपमा जोडिएकी हुन्।
यस सहकार्यअन्तर्गत शिवाकोटीले संस्थाको ब्रान्ड प्रवर्द्धन, मार्केटिङ, ब्रान्ड विकास तथा जनसम्पर्कसम्बन्धी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नेछिन्।
यसलाई उनले केवल सामान्य ब्रान्ड विज्ञापनमा मात्र सीमित नराखी आफ्नो नयाँ व्यावसायिक यात्राको सुरुवातका रूपमा लिएको बताएकी छन्।
“स्वास्थ्यजस्तो संवेदनशील र महत्त्वपूर्ण क्षेत्रमा काम गर्ने संस्थासँग जोडिनु मेरा लागि नयाँ जिम्मेवारी र सिकाइको अवसर हो,” वर्षाले भनिन्, “आफूलाई अभिनयमा मात्र सीमित नराखी आफ्नो अनुभव र सिर्जनशीलतालाई फरक क्षेत्र तथा उद्यमशीलतामा प्रयोग गर्ने योजनाअनुरूप यो कदम चालेकी हुँ।”
उनले भविष्यमा मनोरञ्जनका साथै व्यवसाय र ब्रान्ड विकासको क्षेत्रमा पनि आफ्नो भूमिकालाई निरन्तर विस्तार गर्दै लैजाने बताएकी छन्।
भदौ ३१, २०८३ बुधबार ०९:०२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।