एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा

एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं : नेपाल क्रिकेट सङ्घ (क्यान)ले जापानमा आगामी असोजमा आयोजना  हुने २० औँ एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा गरेको छ।

क्यानले मंगलबार सार्वजनिक गरेको टोलीमा दीपेन्द्रसिंह ऐरीलाई कप्तानको जिम्मेवारी दिइएको छ। 

त्यस्तै टोलीका अन्य खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललितराज राजवंशी र शेर मल्ल रहेका छन्।

अगामी असोज ३ देखि १८ गतेसम्म जापानको आइची नायोगमा २०औँ एसियाली खेलकुद प्रतियोगिता हुँदै छ। 

भदौ ३०, २०८३ मंगलबार २१:१९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।