लगातार दोस्रो दिन पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?
काठमाडौं : नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ।
सोमबार तोलामा एक हजार दुई सय रूपैयाँ घटेको सुनको मूल्य आज नौ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख एक सय रुपैयाँमा झरेको छ। सोमबार सुन तोलामा तीन लाख एक हजार रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ। सोमबार चार हजार ६२० रुपैयाँमा कारोबार भएकोमा आज चार हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
भदौ ३०, २०८३ मंगलबार ११:०६:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।