नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने भारतको निर्णय

नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने भारतको निर्णय

काठमाडौं : भारत सरकारले नेपाललाई आगामी डिसेम्बरसम्ममा दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ। 

भारतको ऊर्जा मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यही सेप्टेम्बर १३ देखि आगामी डिसेम्बर ३१ सम्म नेपाल विद्युत् प्राधिकरणलाई राति १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उपलब्ध गराउने निर्णय भएको जनाएको छ।

भारतका अनुसार मुजफ्फरपुर-ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट र टनकपुर-महेन्द्रनगर १३२ केभी सिङ्गल सर्किट प्रसाइनमार्फत ५४ मेगावाट विद्युत् उपलब्ध गराइनेछ।

भारतले सन् २०२७ जनवरीदेखि हुने विद्युत् निर्यात भने सन् २०२६ डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ।

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण जलविद्युत् आयोजनाका पूर्वाधारमा असर परेको छ। भारतले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ।

भदौ २९, २०८३ सोमबार २०:०४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।