बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।
शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार दुई सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार सुन प्रतितोला तीन लाख एक हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य तोलामा ६० रूपैयाँ बढेको छ।
शुक्रबार प्रतितोला चार हजार ६ सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।
भदौ २८, २०८३ आइतबार ११:४८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।