‘राइट टु रिकल’को दस्ताबेज तयार गर्न रास्वपाले गठन गर्यो ११ सदस्यीय समिति
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्ताबेज निर्माण गर्न ११ सदस्यीय समिति गठन गरेको छ।
पार्टी प्रवक्ता जगदीश खरेलले गत भदौ ५ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिए।
समितिको सदस्यहरू गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिश्मा कठरिया र प्रमोद न्यौपाने रहेका छन्।
समिति गठन भएसँगै अब जनप्रतिनिधिले सन्तोषजनक काम नगरेमा फिर्ता बोलाउन सक्ने व्यवस्था गर्न ‘राइट टु रिकल’ दस्ताबेज तयार गर्ने काम सुरु गर्नेछ।
भदौ २६, २०८३ शुक्रबार १९:२२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।