तोलामा ३४ सय बढ्यो सुनको मूल्य, चाँदी पनि महंगियो
काठमाडौं : नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ।
बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा तीन हजार चार सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला तीन लाख दुई हजार चार सय रूपैयाँमा किनबेच भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि एक सय पाँच रूपैयाँ बढेको छ।
बुधबार प्रतितोला चार हजार सात सय ५० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।
भदौ २५, २०८३ बिहीबार ११:२२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।