नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडानको काम सकियो, शुक्रवारबाट गाडी चल्ने
काठमाडौं : नुवाकोटको देवीघाट क्षेत्रमा एक्रो ब्रिज जडानको काम पुरा भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भोटेकोशीमा आएको बाढीले सो क्षेत्रको पक्की पुल बगाएको थियो।
नेपाली सेनाले पाँच दिन अगाडिबाट सो क्षेत्रमा एक्रो ब्रिज जडान गर्ने काम सुरु गरेको थियो। सचिवालयका अनुसार पुल जडानको काम बुधवार बेलुका सकिएको हो।
नयाँ पुल जडानसँगै भोलि बिहीबारदेखि पैदलयात्रीहरूका लागि आवतजावत खुला गरिने र शुक्रवारबाट सवारी साधन सञ्चालनमा आउने सचिवालयको जानकारी दिएको छ।
भदौ २४, २०८३ बुधबार २३:०१:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।