भूकम्पबाट लोमान्थाङमा दुई संरचनामा क्षति

भूकम्पबाट लोमान्थाङमा दुई संरचनामा क्षति

मुस्ताङ : गए रातिको भूकम्पको पराकम्पनले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा दुई संरचनामा आंशिक क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, लोमान्थाङ क्षेत्रलाई केन्द्रविन्दु बनाई गए राति गएको पाँच दशमलव ३ म्याग्नेच्युड स्केलको भूकम्पले लोमान्थाङ–३ फुवा गाउँको एक घरको छत र पर्खाल भत्किएको छ। 

ढुङ्गा र माटोले निर्मित उक्त घरमा मानिस नबस्ने भएकाले मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीले बताए। उक्त भूकम्पको उपल्लो मुस्ताङमा ठूलै पराकम्पन महसुस गरिएको हो।

प्रहरीका अनुसार भूकम्पबाट लोमान्थाङ–५ लोमान्थाङस्थित छोदे गुम्बाको बाहिरी पर्खालसमेत भत्किएको छ। भूकम्पको धक्का महसुस भएपछि त्यस क्षेत्रका स्थानीय घर बाहिर बसेका थिए।

भदौ २४, २०८३ बुधबार १५:१८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।