रसुवा बाढीको प्रभाव र जलवायु वित्त अध्ययन गर्न सुशील खड्काको संयोजकत्वमा उपसमिति गठन

रसुवा बाढीको प्रभाव र जलवायु वित्त अध्ययन गर्न सुशील खड्काको संयोजकत्वमा उपसमिति गठन

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा गएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा  विश्लेषण गर्न उपसमिति गठन गरेको छ।

सिंहदरबारमा बुधबार बसेको अर्थ समितिको बैठकले सांसद सुशील खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो।

उपसमितिको सदस्यमा सांसद नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहेका छन्। 

समितिका सभापति डा. कृष्णहरि बुढाथोकीका अनुसार उक्त उपसमितिलाई रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तसम्बन्धी अध्ययन गरी आगामी असोज २ गतेभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको छ।

भदौ २४, २०८३ बुधबार १३:०२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।