बाढी-पहिरोपछिको अवस्थाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टा-छुट्टै छलफल

बाढी-पहिरोपछिको अवस्थाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टा-छुट्टै छलफल

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।

गत भदौ १० गते रसुवास्थित नदीमा आएको बाढीपछिको परिस्थिति, खोज तथा उद्धार, राहत वितरण र घाइतेहरूको उपचारलगायत विषयमा जानकारी लिन तथा आवश्यक निर्देशन दिन उनले यो छलफल बोलाएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा प्रधानमन्त्री शाहले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग विस्तृत ब्रिफिङ लिइरहेका छन्।

प्रधानसेनापतिसँगको छलफललगत्तै उनले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।

भदौ २४, २०८३ बुधबार १२:५१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।