बाढीपीडितको संरक्षण र पुनःस्थापना राज्यको दायित्व : उपेन्द्र यादव
कपिलवस्तु : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिको चपेटामा परी सहाराविहीन भएका नागरिकको तत्काल संरक्षण, राहत र पुनःस्थापनाको पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन्।
जसपाको जिल्ला समितिद्वारा आज आयोजित अभिमुखीकरण कार्यक्रममा उनले बाढीपीडित तथा विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र जीविकोपार्जनको ग्यारेन्टी सरकारले गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष यादवले ठूला र औद्योगिक देशहरूले गरेका गल्तीको सोझो असर नेपालजस्ता साना तथा कम विकसित मुलुकहरूले व्यहोर्नुपरेको उल्लेख गरे। पीडित नागरिकको न्याय र क्षतिपूर्तिका लागि नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा जोडदार रूपमा आवाज उठाउनुपर्ने उनले बताए।
भदौ २३, २०८३ मंगलबार १७:४४:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।