रसुवा भोटेकोशी जलविद्युत आयोजनाको सुरुङमा एक जनाको शव फेला
काठमाडौं : रसुवा भोटेकोशी जलविद्युत आयोजनाको सुरुङमा थप एक जनाको शव फेला परेको छ।
भोटेकोशी बाढीका कारण सुरुङभित्र हराइरहेकाहरूको खोजी गर्ने क्रममा रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित आयोजनाको केबल टनेलमा एक जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ। ड्रोन प्रयोग गरेर खोजी गर्दा एउटा शव भेटिएको हो।
यस्तै, हालसम्म हवाई मार्गबाट चार हजार ४० जनाको उद्धार गरीएको छ। जसमा तीन हजार ७५७ जना नेपाली नागरिक र २८३ जना विदेशी नागरिक रहेका छन्। मंगलबार मात्रै विभिन्न प्रभावित क्षेत्रहरूबाट २० जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
विपद् प्रभावित क्षेत्रका विभिन्न जलविद्युत आयोजनाहरूमा नेपाली सेनाको नेतृत्वमा संयुक्त सुरक्षा निकाय तथा विशेषज्ञहरूको टोलीले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ।
भदौ २३, २०८३ मंगलबार १६:३२:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।