न्युजिल्यान्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल ‘ए’
काठमाडौं : अष्ट्रेलियामा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अन्तिम तथा तेस्रो खेलमा न्यूजिल्यान्ड ‘ए’ विरुद्ध खेल्दै छ। डार्विनको मरारामा भइरहेको खेलमा नेपालले ‘टस’ जितेर ‘ब्याटिङ’ रोजेको छ।
नेपाल अन्तिम खेलमा न्युजिल्यान्ड ‘ए’ लाई हराएर अष्ट्रेलिया भ्रमणको सुखद अन्त्य गर्न चाहन्छ। नेपालले जारी एकदिवसीय शृङ्खलाको अघिल्लो दुई खेलमा लगातार हार व्यहोरेको थियो।
नेपालले तास्मिनियाविरुद्ध दुई विकेट तथा दक्षिण अष्ट्रेलियाविरुद्ध १३८ रनको हार व्यहोरेको हो। शनिबारको खेलमा नेपालले नारायण जोशीको स्थानमा विपिन खत्रीलाई प्लेइङ-११ मा मौका दिएको छ। चोटका कारण टोलीका प्रमुख ब्याटर कुशल भुर्तेल न्युजिल्यान्डविरुद्ध पनि प्लेइङ-११ बाहिर छन्।
भदौ २१, २०८३ आइतबार ०७:१४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।