शव नपाएपछि कुशको दाहसंस्कार, १२ सय शव भेट्दा ९५ मात्र पहिचान

शव नपाएपछि कुशको दाहसंस्कार, १२ सय शव भेट्दा ९५ मात्र पहिचान

काठमाडौं : भोटेकोशीमा बाढी आएको नौ दिनसम्म पनि हराइरहेका परिवारजनको शव फेला नपरेपछि पीडित परिवारले जीवितै भेटिने आस मार्दै कुशको साङ्केतिक शव बनाएर दाहसंस्कार गरेका छन्।

कुनै परिवारजन हराउँदा शव नभेटिए साङ्केतिक रूपमा कुशको शव बनाएर दाह संस्कार गर्ने हिन्दूहरूको धार्मिक परम्परा रहेको छ।

सरकारी तथ्याङ्क अनुसार हालसम्म १२ सय ५२ वटा शव फेला परे पनि केवल ९५ वटा शवको मात्र पहिचान हुन सकेको छ। फेला परेका शव नचिनिने अनि हराएको पनि नौ दिन भएपछि परिवारजनले साङ्केतिक शवको दाहसंस्कार सुरु गरेका हुन्।

पशुपति आर्यघाटमा बिहीबार यस्तै साङ्केतिक शव बनाएर दाह संस्कार गर्ने बाढी पीडित परिवारका सदस्यहरू देखिए।

भदौ १८, २०८३ बिहीबार १५:१३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।