रसुवा लाङटाङ खोला जलविद्युत्को सुरुङमा भेटियो २ शव

रसुवा लाङटाङ खोला जलविद्युत्को सुरुङमा भेटियो २ शव

काठमाडौं : भोटेकोशी बाढीले विभिन्न जलविद्युत केन्द्रभित्र कामदार फस्दा पनि समयमा खोजी र उद्धार हुन नसकेको भन्दै सरकारको आलोचना भइरहेको बेला रसुवा लाङटाङ खोला जलविद्युत् आयोजना सुरुङमा दुई जनाको शव फेला परेको छ। बिहीबार नेपाली सेनाको टोलीले सुरुङभित्र २ जनाको शव फेला पारेको हो। दुवै शव सुरुङबाट बाहिर निकालिएको बताइए पनि पहिचान भने खुलेको छैन।

बाढी आएपछि लाङटाङ खोला जलविद्युत् आयोजनाका ४१ जना सम्पर्कविहीन छन्। खोजी तथा उद्धारमा सेना, सशस्त्र प्रहरी र आयोजनाकै प्राविधिक टोली खटिएका छन्। अन्य जलविद्युत केन्द्रका टनेलहरुसहित रसुवा र नुवाकोटका जलविद्युत केन्द्रमा कार्यरत ९ सय बढी बेपत्ता छन्। तर बाढी गएको नौ दिन पुग्दा पनि खोजीको काम प्रभावकारी हुन सकेको छैन।

यसैबीच बिहीबार प्रधान सेनापती अशोकराज सिग्देल टनेलमा खोजी र उद्धार भइरहेको ठाउँको अनुगमनमा पुगेका छन्।

भदौ १८, २०८३ बिहीबार १४:४७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।