"यो बाढीमा महामारी फैलदैन" : १५ हजार पोस्टमार्टम गरेका चिकित्सकको अनुभव
प्राध्यापक तथा डाक्टर हरिहर वस्ती (फरेन्सिक मेडिसिन विशेषज्ञ) सँगको विशेष अन्तर्वार्तामा स्वागत छ। ४० वर्षको लामो चिकित्सकीय पेसा र करिब १५ हजारभन्दा बढी शव परीक्षण (Autopsy) को अनुभव संगाल्नुभएका डा. हरिहरसँग अप्राकृतिक मृत्यु, पोस्टमार्टम प्रक्रिया र आपतकालीन अवस्थामा शव व्यवस्थापनका बारेमा गहिरो कुराकानी गरिएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाएका व्यक्तिको शव पहिचान र व्यवस्थापनमा फरेन्सिक चिकित्साले कसरी काम गर्छ भन्ने विषयमा यो भिडियो केन्द्रित छ।
भदौ १४, २०८३ आइतबार २०:४८:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।